Main News

ओलीको अहंकारले संविधान कार्यान्वयनमा चुनौती देखिएको अर्थमन्त्री शर्माको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ४ गते १३:३७
ओलीको अहंकारले संविधान कार्यान्वयनमा चुनौती देखिएको अर्थमन्त्री शर्माको दाबी (भिडियो रिपोर्टसहित)

४ मंसिर २०७८ काठमाडौं । अर्थमन्त्री जनार्दशन शर्माले केपी शर्मा ओलीको अहंकारले संविधान कार्यान्वयनमा चुनौती देखिएको दाबी गर्नु भएको छ ।

प्रेस सेन्टर नेपाल एसोसिएट प्रदेश समितिको प्रथम अधिवेशनमा बोल्दै अर्थमन्त्री शर्माले ओलीको अहंकार र तानाशाह बन्ने महत्वकांक्षाले दुई पटक संसद विघटन गरेरको र संविधान च्यात्ने प्रयत्न गरेको भन्दै फेरि पनि प्रतिगमन जागेर आइरहेको दाबी गर्नुभयो ।

अर्थमन्त्री शर्माले अहिलेको गठबन्धन सरकार पार्टीगत वैचारिक गठबन्धन नभएपनि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संविधान कार्यान्वयनका लागि भएको दाबी गर्नुभयो ।

अर्थमन्त्री शर्माले सत्य जे हो त्यसलाई स्थापित गर्न सञ्चारकर्मीहरुलाई आग्रहसमेत गर्नुभयो । उहाँले आजको जे सत्य हो त्यही कुरा स्थापित गर्न लागेमा जनताप्रति न्याय हुने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *