Main News

माओवादी केन्द्रले आज देशभर वडाहरुमा नेतृत्व चयन गर्दै

हिमालय टिभी
२०७८ मंसिर ४ गते ७:४४
माओवादी केन्द्रले आज देशभर वडाहरुमा नेतृत्व चयन गर्दै

४ मंसिर २०७८ काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आज देशभरका वडाहरुमा नेतृत्व चयन गर्दैछ।

आज हुने वडा सम्मेलनमार्फत् माओवादीले देशभर तल्लो तहमा नयाँ नेतृत्व छान्न लागेको हो । हिजो आयोजित पत्रकार सम्मेलनमा वडा सम्मेलनका लागि सबै तयारी पूरा भएको माओवादी केन्द्र निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिनुभयो ।

आगामी पुस ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनको तीव्र तयारी भइरहेको र त्यसका लागि निर्वाचन नियमावली २०७८ र निर्वाचन आचारसंहिता २०७८ पनि पारित गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै निर्वाचन प्रयोजनका लागि देशभरका ६ हजार ७ सय ४३ वडा, ७ सय ५३ पालिका र ७ वटै प्रदेशमा निर्वाचन समितिहरु गठन गरिएको छ । निर्वाचन अनुगमनका लागि केन्द्रीय निर्वाचन आयोगका सदस्यहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको छ ।

माओवादी केन्द्रले वडादेखि केन्द्रसम्मको सम्मेलन सम्पन्न भएपछि करिब ३ लाख कार्यकर्ता विभिन्न तहमा निर्वाचित हुने जनाएको छ। ८ हजारभन्दा बढी समितिहरु गठन हुनेछन्।

मंसिर ११ गते सम्पूर्ण पालिका र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन हुने कार्यकतालिका बनाएको छ । माओवादीले करिब ८ लाख संगठित सदस्यले सदस्यता नवीरकण गरेको बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *