Political Hightlights

एमालेको १४औं महाधिवेशनले ओलीलाई सर्वसम्मत अध्यक्ष चयन गर्छः सचिव भट्टराई

हिमालय टिभी
२०७८ मंसिर ३ गते १८:४६
एमालेको १४औं महाधिवेशनले ओलीलाई सर्वसम्मत अध्यक्ष चयन गर्छः सचिव भट्टराई

३ मंसिर २०७८ काठमाडौं । नेकपा (एमाले)का सचिव एवम् प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको १४ औं महाधिवेशनले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई नै सर्वसम्मत चयन गर्ने बताउनु भएको छ ।

सचिव भट्टराईले पार्टीको नेतृत्व चयन सर्वसम्मतीले भए अध्यक्षमा ओलीनै चयन हुने बताउनु भएको हो । आज काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले विगतका आठौं र नवौं महाधिवेशनमा भएको खुला चुनावले पार्टीलाई विभाजनको तहसम्म पुर्‍याएकाले दशौं महाधिवेशनमा पार्टीको नेतृत्व सर्वसम्मत ढंगले चयन गर्नुपर्नेमा आफूहरु जोड रहेको तर्क समेत गर्नु भयो ।

सचिव भट्टराईले पार्टीमा समूह बन्दीको अवस्था आउन नदिन पनि सहमतिमै नेतृत्व चयन गर्न उपयुक्त हुने बताउनु भयो । सहमतिमा नेतृत्व चयन नभए प्रतिनिधिहरु जो कोहीले पनि नेतृत्वको दावी गर्न पाउने उहाँले स्पष्ट पार्नु भयो ।

सचिव भट्टराईले भन्नुभयो, ‘पार्टीको नेतृत्व सर्वसम्मत हुन्छ । त्यो सर्वसम्मत हुने अवस्थामा केपी ओली पार्टीको अध्यक्ष हुनुहुन्छ । मिसन के छ भने एमाले यसपटक सर्वसम्मत ढंगले नेतृत्व चयन गर्ने । किनकी हामीले आठौं महाधिवेशनमा खुला चुनाव गर्‍यौं । नवौंमा पनि खुला चुनाव गर्‍यौं । त्यो चुनावको अनकौं असल पक्षहरु पनि थिए, नेतृत्वको चुनाव हुँदा । तर त्यसको कमजोरी पक्ष के रह्यो भने त्यसले पार्टीमा तलदेखि माथिसम्म समानान्तर विभाजनको अवस्था ल्यायो ।’

सचिव भट्टराईले पार्टीभित्र विभिन्न विचार समूहबाट आएका नेताहरु रहेको उल्लेख गर्दै महाधिवेशनले उनीहरु सबैको सम्मानजनक ढंगले व्यवस्थापन गर्ने पनि बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *