विदेश

पाकिस्तानमा बलात्कारीलाई नपुंसक बनाउन सकिने विधेयक पारित

हिमालय टिभी
२०७८ मंसिर ३ गते ९:३४
पाकिस्तानमा बलात्कारीलाई नपुंसक बनाउन सकिने विधेयक पारित

३ मंसिर २०७८ इस्लामावाद । पाकिस्तानको संसद्ले बलात्कारीलाई नपुंसक बनाउन सकिने विधेयक पारित गरेको छ ।

बुधबार पाकिस्तानको संसदले पारित गरेको बलात्कारसम्बन्धी नयाँ विधेयकमा बलात्कारीलाई नपुंसक बनाउन सकिने व्यवस्था राखिएको हो।

पाकिस्तानमा केही वर्षयता बलात्कारका घटना बढेको भन्दै जनआक्रोश बढ्न थालेपछि कडा कानून बनाउने फैसला गरिएको थियो ।

गत वर्ष बलात्कारीका दोषीलाई नपुंसक बनाउनेसम्बन्धमा एक अध्यादेशसमेत ल्याइएको थियो ।

सामाजिक, राजनीतिक क्षेत्रबाट यो व्यवस्थाको स्वागत भए पनि कट्टरपन्थी इस्लामिक समूहले भने बलात्कारीलाई नपुंसक बनाउने कानूनी प्रावधानको विरोध गरेका छन् ।

जमात–ए–इस्लामी पार्टीका सिनेटर मुश्ताक अहमदले पारित विधेयकलाई इस्लाम विरोधी एवं शरियाविपरीत भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *