Main News

कांग्रेसको प्रदेश तहको अधिवेशन आज हुँदै

हिमालय टिभी
२०७८ मंसिर ३ गते ९:०९
कांग्रेसको प्रदेश तहको अधिवेशन आज हुँदै

३ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश निर्वाचन क्षेत्रमा आज प्रदेश तहको अधिवेशन हुँदैछ ।

त्यसका लागि सबै जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको निर्वाचन समितिले जनाएको छ । समितिका सचिव अधिवक्ता केशव रिजालका अनुसार अहिलेसम्म १४ जिल्लामा जिल्ला अधिवेशन सकिएको छ ।

आज त्यसबाहेकका जिल्लामा अधिवेशन हुन लागेको हो । तर सर्लाही, सिन्धुपाल्चोक, रौतहटमा र रसुवामा भने आज अधिवेशन हुने सम्भावना निकै कम छ ।

ती जिल्लामा विभिन्न विषयमा विवाद कायमै रहेकाले आज निर्वाचन हुने सम्भावना कम रहेको निर्वाचन समिति सदस्य रिजालले बताउनुभयो ।

उहाँले सम्बन्धित जिल्लाको निर्वाचन अधिकृतले निर्वाचन कार्यतालिका प्रभावित नहुने गरी निर्वाचन गराउन सक्ने बताउनुभयो । कांग्रेसले आगामी १६ र १७ गते सातवटै प्रदेशका एकैसाथ प्रदेश अधिवेशन गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *