धादिङमा भएको बस दुर्घटनामा १४ जना घाइते

हिमालय टिभी
२०७८ मंसिर ३ गते ८:२६
धादिङमा भएको बस दुर्घटनामा १४ जना घाइते

३ मंसिर २०७८ धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपलिका वडा (७ स्थित गल्छी मोड़मा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन।

काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको बा ४ ख २७२७ नम्बरको गएराती ९ बजेर ३० मिनेटको समयमा बस दुर्घटना भएको हो ।

दुर्घटनामा सामान्य घाइते भएका १४ जना यात्रुको गल्छी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *