कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, ४१२ संक्रमित थपिँदा २०२ क्रमणमुक्त
१ मंसिर २०७८ काठमाडौं । नेपालमा ४ सय १२ जना कोरोना संक्रमित थपिएका छन् भने २ सय २ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार १० हजार १ सय ६ जनाको पीसीआर परीक्षणमा ३ सय ६३ र १ हजार ८ सय ८७ जनाको एन्टीजेन परीक्षणमा ४९ जनामा संक्रमण पुष्टि भएको हो ।
यो कूल संक्रमणको ३ दशमलब चार एक प्रतिशत हो । थपिएका संक्रमितमा काठमाडौँ उपत्यकाका १ सय ४९ जना छन् । जसमा काठमाडौँका १ सय २, ललितपुरका ३२ र भक्तपुरका १५ जना छन् ।
उपत्यकाबाहिर सबैभन्दा धेरै झापाका ३४ जनामा संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा १० वर्ष मुनीका ८ जना बालबालिका समेत छन । थप एक जनाको मृत्यु भएपछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ८३ पुगेको छ ।
अहिले देशभर ७ हजार ६ सय ३६ जना सक्रिय संक्रमित छन् । जसमध्ये आइसीयूमा २ सय १४ र ६० जनाको भेन्टीलेटरमा उपचार भैरहेको छ । पछिल्लो पटक १ लाख १ हजार ७ सय ६१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया