अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै

१ मंसिर २०७८ काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै हुनुहुन्छ ।
दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज बेलुका काठमाडौँ आइपुग्ने जनाइएको छ। उहाँ माल्दिभ्सको भ्रमण सकेर मालेबाट काठमाडौँ आउन लाग्नु भएको हो ।
अमेरिकी सहयोग परियोजना एमसिसीलाई लिएर विवाद कायम रहेको तथा कार्यान्वयनका लागि प्रक्रिया अघि बढ्न नसकेको अवस्थामा लूको भ्रमण हुन लागेको हो।
लूले नेपाल बसाइको क्रममा एमसिसी तथा नेपाल–अमेरिका सम्बन्धका विभिन्न पक्षमा कुराकानी गर्ने बताइएको छ। भ्रमणको क्रममा द्विपक्षीय सहयोग तथा साझेदारीबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
तर मुख्य गरी एमसिसीकै कुरा केन्द्रमा रहने सम्भावना छ। एमसिसीलाई लिएर नेपालमा आन्तरिक रुपमा विवाद कायम छ।
अमेरिकाले एमसिसी कार्यान्वयन हुने–नहुने अब नेपालकै हातमा रहेको बताउँदै आए पनि आफ्नो तर्फबाट पहल भने जारी राखेको छ। सहायक विदेशमन्त्री लूको भ्रमणलाई पनि त्यसकै निरन्तरताका रुपमा हेरिएको छ।
प्रतिक्रिया