Main News

न्यायालय विवादमा देखिएको विवादको अनुसन्धान गरी कारबाही गर्न माग

हिमालय टिभी
२०७८ कार्तिक २९ गते १८:२२
न्यायालय विवादमा देखिएको विवादको अनुसन्धान गरी कारबाही गर्न माग

२९ कात्तिक २०७८ काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेश्नलले न्यायालयमा देखिएको विवादसम्बन्धमा तत्काल अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गरेको छ ।

प्रधानन्यायाधीशले कार्यपालिकाको नियुक्तिमा भागवण्डा लिएको, प्रधानन्यायाधीशको राजीनामा माग्दै भइरहेको प्रदर्शनप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै ट्रान्सपरेन्सीले ती विषयमा आवश्यक अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गरेको हो ।

यस कार्यलाई थप सहज बनाउन न्याय सम्पादन सम्बन्धी व्यक्तिहरूको सम्पत्ति जाँच गर्न पनि ट्रान्सपरेन्सीले सुझाएको छ ।

ट्रान्सपरेन्सीले आज विज्ञप्ति निकालेर न्यायपालिकामा हुने विकृति र विसंगतिबारेका अध्ययन प्रतिवेदनको प्रभावकारी कार्यान्वयन गर्नुको साटो न्यायालयलाई विवादमा धकेल्नु गम्भिर भएको उल्लेख गरेको छ ।

सर्वोच्च अदालतमा उत्पन्न विवादका कारण उत्पन्न परिस्थितिले न्याय सम्पादनमा गम्भीर अवरोध सिर्जना भएको र न्यायपालिकाको आस्थामाथि नै प्रश्नचिन्ह खडा भएकोप्रति गम्भिर ध्यानाकर्षण भएको ट्रान्सपरेन्सीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *