Main News

रौतहटमा एकै परिवारका दुई बालकको शंकास्पद मृत्यु

हिमालय टिभी
२०७८ कार्तिक २९ गते १३:२४
रौतहटमा एकै परिवारका दुई बालकको शंकास्पद मृत्यु

२९ कात्तिक २०७८ रौतहट । रौतहटमा एकै परिवारका दुई बालकको रहस्यमय मृत्यु भएको छ।

देवाही गोनाही नगरपालिका ५ टिकुलियाका सञ्जय मुखियाका ५ वर्षीय छोरा आकाश र ४ वर्षीय विकासको मृत्यु भएको हो । मृतक दुबै बालकलाई कसैले विष खुवाएर हत्या गरेको हुनसक्ने परिवारको आशंका छ ।

उनीहरुलाई उपचारका लागि गरुडा लगिएकोमा स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि वीरगञ्ज लग्दै गर्दा बाटोमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । बालकका परिवारले रिसिइबीका कारण गाउँलेले विष खुवाएर हत्या गरेको आरोप लगाएकाले घट्ना शंकास्पद लागेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

दुई बालकको पोष्टमार्टमको रिपोर्ट भने आउन बाँकी छ । परिवारले मुसा मार्ने विषादी खुवाएर हत्या गरेको आरोप लगाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *