Main News
रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु, तीन जना घाइते
२०७८ कार्तिक २८ गते १४:०३

२८ कात्तिक २०७८ लिवाङ । रोल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन ।
माडी गाउँपालिका वडा नम्बर ६ घर्तीगाउँ नजिकै भएको दुर्घटनामा स्थानीय ५१ वर्षीय रुद्र पुन, ५३ वर्षीय टेकबहादुर पुन र ४७ वर्षीया चौसरा विकको मृत्यु भएको हो ।
दुर्घटनामा माडी गाउँपालिका वडा नम्बर ६ का २१ वर्षीया दीना घर्ती, १८ वर्षीय पुन र २१ वर्षीया कल्पना विक घाइते भएको प्रहरीले जनाएको छ ।
माडीको हान्निङबाट घर्तीगाउँका लागि छुटेको रा १ ज ३८२ नम्बरको जिप घर्तीगाउँ बजार नजिक सडकबाट झण्डै तीन सय मिटर तल खसेको हो ।
प्रतिक्रिया