विदेश

ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी सम्झौता

हिमालय टिभी
२०७८ कार्तिक २८ गते ८:२३
ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी सम्झौता

२८ कात्तिक २०७८ स्कटल्याण्ड । जलवायु परिवर्तनलाई रोक्न ग्लास्गोमा सम्झौता भएको छ ।

जलवायु परिवर्तनबारे स्कटल्याण्डको ग्लास्गोमा कोप–ट्वान्टी सिक्स सम्मेलनमा खतरनाक जलवायु परिवर्तनलाई रोक्ने उद्देश्यले एउटा सम्झौता भएको छ ।

करिब दुई सय देशबीच हरित ग्यासहरूको लागि सबैभन्दा खराब जीवाष्म इन्धन, कोइलालाई कम गर्ने बारे जलवायु सहमति जुटेको हो । सम्झौता पश्चात थप अत्यावश्यक उत्सर्जन कटौतीको लागि दबाव दिनेछ ।

त्यस्तै जलवायु प्रभाव अनुकूलनका लागि विकासोन्मुख देशका लागि थप आर्थिक सहायता उपलब्ध गराइनेछ ।

यस यस सम्झौताबाट विश्वव्यापी तापक्रम वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्न पर्याप्त नहुने बताइएको छ ।

त्यस्तै अघिल्लो वार्ताको मस्यौदामा समावेश गरिएको कोइलाको प्रयोग हटाउने प्रतिबद्धता भने भारतले विरोध जनाएपछि नाटकीय रूपमा हटाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *