महाधिवेशन प्रतिनिधि चयनमा समझदारी अपनाउन अध्यक्ष ओलीको आग्रह (भिडियो रिपोर्टसहित)
२७ कात्तिक २०७८ काठमाडौं । नेकपा एमालेले आज देशभर महाधिवेशन प्रतिनिधि चयन गर्ने भएको छ। वडा, नगर, गाउँ अधिवेशन सम्पन्न गरेको एमाले महाधिवेशन प्रतिनिधि चयनमा जुटेको हो।
साढे ८ लाख बढी संगठित सदस्य रहेको एमालेले महाधिवेशनका लागि १ हजार ९ सय ९९ प्रतिनिधि छनौट गर्दैछ। प्रदेश र सोसरहका कमिटीबाट २ महिलासहित ५ जना प्रतिनिधि चयन हुने छन्। १ हजार २ सयसम्म पार्टी सदस्य रहेका निर्वाचन क्षेत्रबाट ३ जनाका दरले प्रतिनिधि चयन हुने छन्। तीमध्ये एक जना महिला अनिवार्य गरिएको छ।
निर्वाचन क्षेत्रमा जति बढी सदस्य हुने छन्, त्यसै अनुपातमा थप प्रतिनिधि चयन हुने छन्। देशभित्रका विशेष जिल्लाअन्तर्गतका १ हजार २ सयसम्म पार्टी सदस्य मध्येबाट कम्तीमा १ महिलासहित ३ जनाका दरले प्रतिनिधि छनौट हुने छन्।
जिल्ला र विशेष जिल्लाअन्तर्गतका ५ सयसम्म दलित पार्टी सदस्य मध्येबाट १ जना प्रतिनिधि निर्वाचित हुने छन्। दलितका हकमा पनि ३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा १ जना महिला अनिवार्य हुनुपर्छ। भूगोलका प्रदेशअन्तर्गतका मजदुर पार्टी सदस्यमध्येबाट कम्तीमा ३ महिलासहित ७ जनाका दरले निर्वाचित हुने छन्।
यसैबीच एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर १० गते सुरु हुने एमालेको दशौं महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधि उच्च समझदारीमार्फत छनोट गर्न आव्हान गर्नु भएको छ ।
महाधिवेशन प्रतिनिधि छनोट गर्ने अघिल्लो दिन शुक्रबार साँझ भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले लोकतन्त्रको उच्चतम विधि प्रतिस्पर्धा मात्रै नभई उच्च समझदारी समेत भएको भन्दै सोही विधि प्रयोग गर्न पार्टी सदस्यहरुलाई आव्हान गर्नु भएको हो ।
लहरुभित्र प्रतिस्पर्धा हुने तर त्यो स्वस्थ हुनुपर्ने अध्यक्ष ओलीको भनाइ छ ।
प्रतिक्रिया