सर्वोच्चको पूर्ण बैठक बोलाउने तयारीमा प्रधानन्यायाधीश जबरा
२७ कात्तिक २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाउने तयारी गर्नु भएको छ ।
भोलि नै फुलकोर्ट बोलाउने तयारी भए पनि अहिलेसम्म न्यायाधीशहरुलाई जानकारी भने गराइएको छैन । प्रधानन्यायाधीश राणाले सर्वोच्चका आफूनिकट कर्मचारीसँग आइतबार नै फुलकोर्ट बोलाउने र वर्तमान गतिरोधको अन्त्यका बारेमा छलफल गर्ने तयारी गरेको बताउनु भएको छ ।
न्यायाधीश तथा वकिलहरुले उहाँको राजीनामा मागिरहेका छन्। त्यसलाई छल्न राणाले गोलाप्रथाबाट पेसी तोक्ने प्रक्रिया शुरु गर्ने तयारी गरेको बुझिएको छ ।
यसका लागि सर्वोच्च प्रशासनले ८२ वटा गोला समेत तयार गरिसकेको छ। शुक्रबार सर्वोच्चले सबै गोला तयार गरिसकेको हो।
नेपाल बारले केही समयअघि राणालाई भेटेर पहिले १५ दिनभित्र गोलाप्रथाबाट पेसी तोक्न र न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यन्वयन गर्न माग गरेको थियो।
राणाले फुलकोर्ट बोलाएर यसमा निर्णय गर्न खोजे पनि न्यायाधीशहरु फुलकोर्टमा सहभागी हुने, नहुने निश्चित छैन। अहिलेसम्म न्यायाधीशहरुले इजलास नै बहिष्कार गरिरहेका छन् ।
प्रतिक्रिया