Main News
एमाले छाडेर आफ्नो पार्टी प्रवेश गर्नेको लहर चलेको अध्यक्ष नेपालको दाबी
२०७८ कार्तिक २६ गते १८:५७
२६ कात्तिक २०७८ काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले छाडेर आफ्नो पार्टीका प्रवेश गर्नेहरुको लहर चलेको दावी गर्नु भएको छ ।
एकीकृत समाजवादीको आज बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालले उत्साहवर्द्धक ढंगले एमाले छाडेर आफ्नो पार्टीमा प्रवेश गर्नेको शिलाशिला नै चलेको बताउनुभयो ।
अन्य पार्टी पनि आफ्नो पार्टीमा एकतावद्ध भएर अघि बढने विषयमा छलफल भईरहेको नेपालको भनाइ छ ।
अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन चुनावसम्मै जाने समेत बताउनु भयो । उहाँले राष्ट्रियसभाको निर्वाचन र उपनिर्वाचनमा सत्तारुढ दलहरुले मिलेर उम्मेदवारी दिने सहमति गरिएको पनि उल्लेख गर्नुभयो ।
प्रतिक्रिया