Main News

१२ बर्षमाथिका बालबालिकालाई फाइजर खोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २६ गते १८:१७
१२ बर्षमाथिका बालबालिकालाई फाइजर खोप (भिडियो रिपोर्टसहित)

२६ कात्तिक २०७८ काठमाडौं । सरकारले पर्सिदेखि १२ वर्षमाथिका बालबालिकाका लागि कोरोनाबिरुद्धको फाइजर खोप अभियान सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयले दीर्घरोगी बालबालिकालाई प्राथमिकतामा राखेर कोरोनाबिरुद्धको फाइजर–बायोएनटेक खोप अभियान सञ्चालन गर्न लागेको हो ।

अभियान देशभरका विभिन्न २४ अस्पतालहरुमा आइतबारदेखि एक सातासम्म चल्नेछ । पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि अर्थात् मंसिर २७ देखि पुस २ गतेसम्म खोपको दोस्रो मात्रा दिइने छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्णप्रसाद पौडेलले यो खोपको माग धेरै भए पनि दीर्घरोगीलाई प्राथमिकतामा राखिने बताउनुभयो ।

दीर्घरोग भएको तथा उपचार गराइरहेको पूर्जा र उमेर खुल्ने प्रमाणपत्र देखाएपछि खोप लगाउन पाइनेछ । कोरोनाबिरुद्धको अन्य खोप लगाएको, १२ वर्ष भन्दा कम उमेर भएको र पहिलो मात्रा लगाएपछि गम्भीर प्रकारको एलर्जिक प्रतिक्रिया भएको व्यक्तिहरुले यो खोप लगाउन नहुने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *