Main News

आन्दोलन थप सशक्त बनाउँदै बार, प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेश नदिने तयारी

हिमालय टिभी
२०७८ कार्तिक २६ गते ७:१०
आन्दोलन थप सशक्त बनाउँदै बार, प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेश नदिने तयारी

२६ कात्तिक २०७८ काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्धको आन्दोलनलाई आजदेखि थप सशक्त बनाउने भएको छ।

राणाको राजीनामा माग्दै चरणबद्ध आन्दोलनमा उत्रिएको बारले हिजोको घटनापछि थप आक्रामक रुपमा प्रस्तुत हुने भएको हो। हिजो सर्वोच्च परिसरमा कानून व्यवसायी र सुरक्षाकर्मीबीच धकेलाधकेल हुँदा ७ जना घाइते भएका थिए ।

उक्त घटनाको भर्त्सना गर्दै बारले आजदेखि कडा आन्दोलन गर्ने भएको हो। महासचिव लीलामणि पौडलले विज्ञप्ति जारी गर्दै आज बिहान साढे ९ बजे नै सबै कानून व्यवसायीहरुलाई बार कार्यालयमा उपस्थित हुन निर्देशन जारी गर्नु भएको छ ।

बारले प्रधानन्यायाधीश राणालाई कार्यालय प्रवेश गर्न नदिने रणनीति बनाएको छ । सर्वोच्च बारले पनि प्रधानन्यायाधीश राणालाई गेटमै रोक्ने घोषणा गरेको छ ।

बारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा देशद्रोही भएको आरोप लगाएको छ । प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै बारले दैनिक दुई घण्टा कालोपट्टी बाँधेर उपत्यकाकाका अदालतहरुमा धर्ना दिँदै आएको छ।

कात्तिक ८ गतेदेखि न्यायाधीशहरुले इजलास बहिस्कार गर्दै आएका छन्। न्यायाधीशहरुले गोला प्रथाबाट पेशी तोक्ने काम नभएसम्म मुद्दा नहेर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *