Main News
कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, ४४० संक्रमित थपिँदा ४७४ संक्रमणमुक्त
२०७८ कार्तिक २४ गते १६:११

२४ कात्तिक २०७८ काठमाडौं । नेपालमा थप ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ६ जनाको मृत्यु भएको छ ।
देशभर गरिएको ५ हजार ४०७ पीसीआर परीक्षणका क्रममा ३ सय ८७ जना र एक हजार ४ सय ७ जनाको एन्टिजेन परीक्षणमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १० हजार ७३८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा ११ हजार ४ सय ६० जनाको कोरोनाका कारण मृत्यु भएको छ । थप ४ सय ७४ जना संक्रमणमुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९६ हजार ७ सय ८० जना निको भएका छन् ।
हाल नेपालमा ७ हजार ५ सय १९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया