Main News

कार्यक्रमको प्रमुख अतिथिको विषयमा विवाद भएपछि सिन्धुलीमा निषेधाज्ञा जारी

हिमालय टिभी
२०७८ कार्तिक २४ गते १३:१९
कार्यक्रमको प्रमुख अतिथिको विषयमा विवाद भएपछि सिन्धुलीमा निषेधाज्ञा जारी

२४ कात्तिक २०७८ सिन्धुली । सिन्धुली सदरमुकाम सिन्धुलीमाढी आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।

अंग्रेजविरुद्धको युद्धमा विजय प्राप्त गरेको दिनको सम्झनामा सिन्धुलीगढी विजयोत्सव मनाउने कार्यक्रममा नेकपा एमालेका महासचिव ईश्वर पोखरेललाई विजयोत्सव कार्यक्रमको प्रमुख अतिथि बनाएको विषयमा विवाद हुँदा प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

एमाले कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी प्रमुख गोविन्द काफ्लेले जानकारी दिनुभयो।

सदरमुकाम सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उदघाटन गर्ने र त्यहाँ बिपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गर्ने कार्यक्रममा कमलामाई नगरपालिकाले प्रमुख अतिथिको रुपमा पोखरेललाई बोलाएको थियो।

तर गठबन्धन दलले एमाले महासचिव पोखरेललाई प्रमुख अतिथि बनाएको भन्दै विरोध जनाएका थिए।

सहमतिको लागि प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको कार्यकक्षमा बसेको सर्वदलीय बैठकमा पनि सहमति जुट्न नसकेपछि जिल्ला प्रशासन कार्यालयले स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ् खोला पुल, हस्पिटल रोड क्षेत्रभित्र बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *