Main News

प्रधानसेनापति शर्माले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न ग्रहण गर्दै

हिमालय टिभी
२०७८ कार्तिक २४ गते ८:३७
प्रधानसेनापति शर्माले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न ग्रहण गर्दै

२४ कात्तिक २०७८ नयाँ दिल्ली । प्रधानसेनापति प्रभुराम शर्मालाई आज भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह ग्रहण गर्दै हुनुहुन्छ ।

आज अपरान्ह प्रधानसेनापति शर्मालाई राष्ट्रपति भवनमा मानार्थ सेनाध्यक्षको सम्मान गरिनेछ । त्यसका लागि भारतीय समकक्षी एमएम नरवणेको औपचारिक निमन्त्रणामा शर्मा हिजै नयाँदिल्ली पुग्नुभएको थियो ।

नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ। नेपालका तत्कालिन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विसं २०२६ मा पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरिएको थियो।

हिजो प्रधानसेनापति शर्माको सम्मानमा भारतीय सेनाको एक टुकडीले साउथ ब्लक लनमा सम्मान गारत अर्पण गरेको थियो। भारत भ्रमणमा शर्माले उच्चस्तरीय भेटवार्ता गर्ने जनाइएको छ।

शर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरसँग पनि भेट गर्नै तयारी भइरहेको छ ।

शर्माले भारतीय जल तथा हवाइ सेनाका प्रमुखहरुसँग पनि भेटवार्ता गर्ने तय भएको छ। शर्माले चिफ अफ डिफेन्स स्टाफ बिपिन रावत तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भेटवार्ता गर्ने तय भएको छ ।

हिजो बिहान भारत भ्रमणमा गएको प्रधानसेनापति शर्माको ९ सदस्यीय भ्रमण टोली कात्तिक २६ गते स्वदेश फर्कने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *