भारतको एक अस्पतालमा आगो लाग्दा चार शिशुको मृत्यु, ३६ जनाको उद्धार
२०७८ कार्तिक २३ गते ९:२३

२३ कात्तिक २०७८ नयाँ दिल्ली । भारतको एक अस्पतालमा आगो लाग्दा चार जना शिशुको मृत्यु भएको छ ।
३६ जनाको भने उद्धार गरिएको छ । मध्यप्रदेशको भोपालस्थित हमीदिया अस्पतालमा गएराति आगो लागेको भारतीय संचार माध्यमले जनाएका छन् ।
कमला नेहरू भवनको प्याडियाट्रिक विभागमा आगो लागेपछि ३६ जना शिशुको भने सकुशल उद्धार गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । आगलागीको कारण खुलेको छैन ।
प्रतिक्रिया