Main News

चिसोसँगै प्रदुषण पनि बढ्दै, विज्ञको यस्तो सुझाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २३ गते ६:४०
चिसोसँगै प्रदुषण पनि बढ्दै, विज्ञको यस्तो सुझाव (भिडियो रिपोर्टसहित)

२३ कात्तिक २०७८ काठमाडौं । मौसम परिवर्तन भएसँगै चिसो बढ्न थालेको छ । चिसो बढ्दै जादा प्रदुषण पनि बढ्ने भएकाले सावधानी अपनाउन विज्ञहरुले सुझाव दिएका छन् ।

काठमाडौं उपत्यकासहित देशका उच्च पहाडी क्षेत्रमा जाडो शुरु भइसकेको छ । देशका अधिकांस ठाउँको बिहानको न्यूनतम तापक्रम तल झर्दै गएको छ । काठमाडौंको न्यूनतम तापक्रम पछिल्लो दुई हप्तामा १६ डिग्रीबाट घटेर नौ डिग्रीसम्म पुगेको छ । अन्य स्थानको पनि न्यूनतम तापक्रम घट्नेक्रम जारी छ ।

जाडोयाममा चिसो मात्रै हुनेछैन । देशका विभिन्न शहरमा प्रदूषणको मात्रा पनि बढ्ने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाको छ । जस्ले हाम्रो दैनिकिमा प्रत्यक्ष असर पर्ने देखिन्छ । हिउँदमा पानी नपर्ने, धुवाँधुलोको मात्रा बढी हुने भएकाले पनि प्रदुषण बढ्दै जानेछ । त्यसबाट सावधानी अपनाउन महाशाखाले सुझाव दिएको छ ।

प्रदूषणको मात्रा बढ्दै जाँदा स्वास्थ्यमा पनि समस्या देखिने भएकाले विहानको समयमा विशेष ध्यान दिनु पर्दछ ।

दीर्घरोगी, बालबालिका, श्वासप्रश्वासको समस्या भएका व्यक्तिलाई, जाडोयाममा अझै समस्या हुन्छ । त्यसैले राज्य आफ्नो नागरिकको र परिवारले आफ्नो आफन्तको विशेष हेरचाह गर्नु अपरिहार्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *