Main News

जलवायु परिवर्तनको तीव्र असरले विश्व नै त्रसित, ठूलो क्षति पुग्ने जोखिम (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १७ गते २०:२५
जलवायु परिवर्तनको तीव्र असरले विश्व नै त्रसित, ठूलो क्षति पुग्ने जोखिम (भिडियो रिपोर्टसहित)

१७ कात्तिक २०७८ काठमाडौं । तीव्र जलवायु परिवर्तनको असरले विश्व जगत नै त्रसित छ । यसैलाई मध्यनजर गर्दै राष्ट्रसंघको नेतृत्व सक्रियतामा स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी कोप–२६ शिखर सम्मेलन भइरहेको छ । सम्मेलनमा जलवायु परिवर्तनको असरलाई समयमै सामधानको प्रयास नगर्नाले भने पृथ्वीमा ठूलो क्षति पुग्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

स्कटल्याण्डको ग्लास्गो नोभेम्बर १ देखि जलवायु परिवर्तनसम्बन्धी बहसले तातेको छ । नेभेम्बर ११ सम्म चल्ने कोप–२६ सम्मेलनमा पछिल्लो समय जलवायु परिवर्तनले देखिएका समस्याका विषयमा चिन्ता व्यक्त गरिएको छ ।

जलवायु परिवर्तनले देखिएका असरको दीर्घकालीन समाधानका लागि सयभन्दा बढी राष्ट्र एक मत देखिएका छन् । विश्वका शीर्ष नेताहरु सहभागी बहहमा जलवायु परिर्वतनका असर बारे नसोच्ने हो यसले पृथ्वीमा ठूलो क्षति गर्ने भन्दै चिन्ता व्यक्त गरिएका छन् । शक्तिशाली राष्ट्रहरुले जलवायु परिवर्तन रोक्न सहयोगको बाचा गरिहेका छन भने विकासउन्मुख देशहरुले औद्योगिक राष्ट्रको कारण मारमा परेको गुनासो गरेका छन ।

जलवायु परिवर्तनको असरका कारण हिमनदी पग्लने, बैमौसमी वर्षा, सुनामी जस्ता समस्या विश्वले खोप्नु परेको छ । जलवायुको असरलाई निराकरण गर्न नेपालले पनि विश्व मञ्चमा सक्रिय हुन आवश्यक छ ।

ग्लास्गो सम्मेलनमा सहभागी विश्वका सयभन्दा बढी देशका नेताले सन् २०३० भित्र वन विनाश रोक्न सहमत भएका छन् ।

सम्मेलनमा जलवायु परिवर्तनका विषयमा आफुहरुले गरेको प्रयास समेत विश्व जगतलाई सन्देश दिइरहेको छ।

सम्मेलनमा वन विनास रोक्ने, डढेलो नियन्त्रण गर्ने र स्थानीय आदिवासी समुदायलाई सघाउन लगानी गर्ने प्रतिबद्धतासमेत गरिएको छ । यस्ता ठूला सम्मेलनहरूमा अक्सर ठूला प्रतिबद्धता आउने तर कार्यान्वयन भने फितलो हुने गरेका छन् । तर जलवायुको असरले विश्व अक्रान्त हुँदै जाँदा सम्मेलनबाट आएको निष्कर्षलाई तत्काल लागू गर्न विश्व एकजुट हुन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *