Main News

कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु, ४४७ संक्रमित थपिँदा ४३९ संक्रमणमुक्त

हिमालय टिभी
२०७८ कार्तिक १७ गते १७:०१
कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु, ४४७ संक्रमित थपिँदा ४३९ संक्रमणमुक्त

१७ कात्तिक २०७८ काठमाडौं । देशभर कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ भने ४ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

९ हजार ९ सय १३ जनामा गरिएको परीक्षणमा ४ सय ४७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सबैभन्दा धेरै काठमाडौंमा १ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधिमा ४ सय ३९ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९७ दशमलव ५ प्रतिशत छ ।

हाल देशभर ९ हजार १ सय २३ जना सक्रिय संक्रमित छन् । आज थप ९७ हजार ७० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *