Political Hightlights

आगामी चुनावमा एमाले बढारिने गगन थापाको चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १७ गते १६:१२
आगामी चुनावमा एमाले बढारिने गगन थापाको चेतावनी (भिडियो रिपोर्टसहित)

१७ कात्तिक २०७८ काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आगामी चुनावमा एमाले बढारिने चेतावनी दिनु भएको छ ।

भक्तपुरको सुर्यविनायक नगरपालिक- ७ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता थापाले एमाले बढारिने चेतावनी दिनु भएको हो । थापाले कांग्रेसले आगामी चुनावमा एक्लै लड्ने र बहुमत ल्याउने दाबी गर्नुभयो ।

“कांग्रेस पहिला पनि एक्लै चुनाव लडेर ठूलो पार्टी भएको हो र अहिले पनि एक्लै चुनाव लडेर ठूलो पार्टी बन्छ”, उहाँले भन्नुभयो, “आगामी निर्वाचनमा कांग्रेस एक्लै लडेर पनि एमालेलाई केन्द्र, प्रदेश र स्थानीय तहबाट हराउँछ ।”

नेता थापाले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर आफूले सरकारले गरेका राम्रा र नराम्रा कामबारे जानकारी लिएको बताउँदै नराम्रा काम नगर्न सरकारलाई आग्रह गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा वाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्णलाल भँडेलले प्रदेश सरकारले जिम्मेवारीपूर्वक काम गर्ने बताउनुभयो । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले राजनीति गरेर धन कमाउनेहरुको स्रोत खोज्नुपर्ने बताउँदै मुलुकमा सुशासनको अनुभूति दिलाउनेतर्फ सरकार अग्रसर रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सूर्यविनायक नगर कांग्रेस सभापति निशान ढुङ्गेल, गुण्डु गाविसका पूर्वअध्यक्ष भेषबहादुर कार्की, कार्यक्रमका सभापति एवं कांग्रेस वडा नं ७ का अध्यक्ष जगदीश बस्नेतले आगामी निर्वाचनमा कांग्रेसले भक्तपुरको सबै ठाउँमा विजयी हुने दाबी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्