Main News

आज देशका अधिकांश भू–भागमा मौसम बदलीको सम्भावना

हिमालय टिभी
२०७८ कार्तिक १७ गते ८:५४
आज देशका अधिकांश भू–भागमा मौसम बदलीको सम्भावना

१७ कात्तिक २०७८ काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेको बताएको छ ।

महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाले आज बिहान सार्वजनकि गरेको मौसम सम्बन्धी बुलेटिनका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। यस्तै कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

यस्तै आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले सुदुरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *