Political Hightlights

अर्ली इलेक्सनको कुनै सम्भावना छैनः अध्यक्ष नेपाल

हिमालय टिभी
२०७८ कार्तिक १६ गते १७:४९
अर्ली इलेक्सनको कुनै सम्भावना छैनः अध्यक्ष नेपाल

१६ कात्तिक २०७८ रौतहट । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अर्ली इलेक्सन हुने कुनै सम्भावना नरहेको बताउनु भएको छ ।

अध्यक्ष नेपालले केपी ओलीप्रति संकेत गर्दै कसैकसैले चाहेजस्तो अर्ली इलेक्सनको सम्भावना नरहेको बताउनु भएको हो । आज गृहजिल्ला रौतहटको चन्द्रनिगाहापुरमा स्थानीय सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले राष्ट्रलाई व्ययभार हुन नदिन तीन वटै तहको निर्वाचनमा एकैचोटी गर्ने विषयमा सत्तारुढ दलभित्र छलफल भइरहेको जानकारी समेत दिनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘इलेक्सन समयमा हुन्छ । त्यसको निम्ति अब इलेक्सनको प्रक्रिया शुरु हुन्छ । जस्तो राष्ट्रियसभाको चुनाव छ । त्यो गर्नै प¥यो समयमा । अब उपनिर्वाचनहरुको कुरा पनि चलिराख्या छ । प्रदेशसभाको निर्वाचनको कुरा । त्यसको निम्ति पनि तयारीको कुरा भइरहेको छ । सर्वोपरी रुपमा सबै तहको निर्वाचन राष्ट्रलाई व्ययभार नपर्नेगरी एकैचोटी गर्ने भन्ने हो । कसैकसैले भनेजस्तो अर्ली इलेक्सनको सम्भावना छैन ।’

अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएपछि अदालतमा देखिएको समस्या समाधानका विषयमा छलफल हुने पनि बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *