Main News

तिहार मनाउन घर जानेलाई काठमाडौंको चोकचोकमा कोरोनाविरुद्धको खोप

हिमालय टिभी
२०७८ कार्तिक १६ गते १३:३१
तिहार मनाउन घर जानेलाई काठमाडौंको चोकचोकमा कोरोनाविरुद्धको खोप

१६ कात्तिक २०७८ काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तिहारमा घर जाने यात्रुलाई आजदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन थालेको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी गोगंबु बसपार्क, कङ्लकी, बल्खु र कोटेश्वरमा आजदेखि खोपको पहिलो मात्रा दिन थालिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहानैदेखि ती ठाउँमा घर जाने यात्रुलाई खोप दिइरहेको छ । बिहान ७ बजेदेखि साँझ ७ बजे खोप प्रदान गरिने छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेले खोप लगाउनका लागि रेडक्रसका स्वम्सेवक परिचालन गरिएको बताउनुभयो ।

“बसपार्कको टिकट काउन्टरमा गई स्वयसेवकले खोप लगाउन यात्रुलाई अनुरोध गर्नेछन्”, उहाँले भन्नुभयो, “अनि ती घर जान लागेका यात्रु नजिकैको खोप केन्द्रमा गई खोप लगाउने छन् ।”उहाँले अहिले ५०० मात्रा चारै वटा खोप केन्द्रमा पठाइएको र आवश्यकता अनुसार खोप उपलब्ध गराउने जानकारी दिनुभयो ।

भेरोसेल र एस्ट्राजेनिका खोप यात्रुलाई प्रदान गरिने छ । पहिलो मात्रा दिइसकेको ती यात्रुलाई घरबाट फर्केपपछि दोस्रो मात्राको खोप प्रदान गरिने छ । खोप आज र भोलि प्रदान गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *