Political Hightlights

प्रदेश १ मा एकीकृत समाजवादीका नेता राई आज मुख्यमन्त्री बन्दै

हिमालय टिभी
२०७८ कार्तिक १६ गते ९:४४
प्रदेश १ मा एकीकृत समाजवादीका नेता राई आज मुख्यमन्त्री बन्दै

१६ कात्तिक २०७८ विराटनगर । प्रदेश १ मा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई आज मुख्यमन्त्री बन्दै हुनुहुन्छ ।

मुख्यमन्त्री भीम आचार्यले हिजो पदबाट राजीनामा दिएपछि गठबन्धन दलका सांसदहरूले नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारीसमक्ष दाबी पेस गरेका थिए ।

४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा राईले दावी पेश गर्नुभएको हो । राईलाई एकीकृत समाजवादीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदको समर्थन रहेको छ ।

प्रदेश १ मा सरकार गठनका लागि दावी पेश गर्न ४७ सांसदको हस्ताक्षर आवश्यक पर्छ ।

आज दिउँसो एक बजेसम्मका लागि दाबी पेश गर्न समय दिईएको छ । अब गठबन्धनका तर्फबाट राई प्रदेश एकको तेस्रो मुख्यमन्त्री बन्ने निश्चित भएको छ । राईको आज दिउँसो २ बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ ।

आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने र तिहार लगत्तै विश्वासको मत लिएर सरकारलाई पूर्णता दिने गठबन्धनका तर्फबाट राईको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्