Main News

प्रदेश १ मा भोलि १ बजेसम्म मुख्यमन्त्रीमा दावी गर्न प्रदेश प्रमुखको आह्वान

हिमालय टिभी
२०७८ कार्तिक १५ गते १६:३७
प्रदेश १ मा भोलि १ बजेसम्म मुख्यमन्त्रीमा दावी गर्न प्रदेश प्रमुखको आह्वान

१५ कात्तिक २०७८ विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुखले भोलि १ बजेसम्म मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न आव्हान गर्नु भएको छ।

आचार्यले पेश गरेको विश्वासको मत लिने प्रस्तावमाथि मत विभाजन हुने दिन आज प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले राजीनामा घोषणा गर्नुभएको हो ।

प्रदेश सभा बैठक लगत्तै उहाँले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी समक्ष राजीनामा बुझाउनु भएको छ । र प्रदेश प्रमुखले भोलि १ बजेसम्ममा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत पुर्‍याएर सरकार गठनका लागि दाबी गर्न आह्वान गर्नुभएको छ ।

पाँच गठबन्धनले नेकपा एकृकीत समाजबादीका संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । कुल ९२ सांसद रहेको प्रदेशसभामा एकीकृत समाजवादीसँग १० सांसद छन् ।

एकीकृत समाजवादीकै नेतृत्वमा सरकार गठन गर्न विपक्षी गठबन्धन दलहरु कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी सहमत बनेका हुन् । कांग्रेससँग २१, माओवादी केन्द्रसँग १५ र जसपासँग ३ सांसद रहेका छन् ।

प्रदेश १ मा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । सरकारबाट हटेको एमालेसँग भने ४१ सांसद छन् । आचार्यको राजीनामासँगै सातै वटै प्रदेशमा एमाले प्रतिपक्षी दल बनेको छ ।

७४ सालको चुनावपछि संघीय सरकारसहित ६ वटा प्रदेशमा तत्कालीन नेकपाले नेतृत्व गरेको थियो । जसमा ४ वटा मुख्यमन्त्री एमालेले पाएको थियो । तर अब एमाले संघ र प्रदेश सबैतिर प्रतिपक्षी दल बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *