कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, ५३३ संक्रमित थपिँदा ४९० संक्रमणमुक्त
१५ कात्तिक २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ भने ५ सय ३३ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४ सय ६८ जनाको पीसीआर परीक्षणमा ४ सय ४१ र ४ हजार १ सय ९६ जनाको एन्टीजेन परीक्षणमा ९२ जनामा संक्रमण पुष्टि भएको हो । यो कूल संक्रमणको ४ दशमलव ५६ प्रतिशत हो ।
पछिल्लो पटक पनि सबैभन्दा धेरै काठमाडौं उपत्यकामा २ सय २८ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंका १ सय ६२, ललितपुरका ५० र भक्तपुरका १६ जना छन् ।
थप ९ जनाको मृत्यु भएसंगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय १६ पुगेको छ । पछिल्लो पटक ४ सय ९० जना संक्रमणमुक्त भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३ सय १८ मा झरेको छ । यस्तै थप ६५ हजार २८ जनाले कोराना विरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया