Main News

बुद्ध दर्शनलाई आत्मसात् गरे मात्रै विश्वमा दिगो शान्ति कायम हुने राष्ट्रपति भण्डारीको विश्वास

हिमालय टिभी
२०७८ कार्तिक १४ गते १८:२७
बुद्ध दर्शनलाई आत्मसात् गरे मात्रै विश्वमा दिगो शान्ति कायम हुने राष्ट्रपति भण्डारीको विश्वास

१४ कात्तिक २०७८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीलाई बुद्ध संस्कृतिसँग जोडिएको आकर्षक र मौलिक पूर्वाधारको विकास गरी पर्यटकीय क्षेत्र बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमुर्तिको अनावरण गर्दै राष्ट्रपति भण्डारीले लुम्बिनीका ऐतिहासिक, पुरातात्विक महत्वका संरक्षणसहित बुद्ध सर्किट विकास गरी मौलिक पहिचानलाई विश्वासामु प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले बुद्ध दर्शनलाई दैनिक जीवनमा आत्मसात् गर्दै अगाडी बढे मात्रै विश्वमा दिगो शान्ति कायम हुने बताउनुभयो ।

उहाँले नेपालले बुद्धका शान्ति, अहिंसा, करुणा, सहअस्तित्व तथा समानताको सन्देश विश्वभर फैलाएकोमा सम्पूर्ण नेपालीले गर्वको अनुभुति गरेको पनि उल्लेख गर्नुभयो । नेपालीहरु आपसमा सद्भाव साथ मिलीजुली बसी विश्व समुदायलाई नै अंहिसा र शान्तिको सन्देश दिइरहेको उहाँले बताउनुभयो ।

उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउनेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *