Main News
प्रधानन्यायाधीशसँग वार्ता गर्न तीन न्यायाधीशलाई जिम्मा
२०७८ कार्तिक १४ गते १८:१५
![प्रधानन्यायाधीशसँग वार्ता गर्न तीन न्यायाधीशलाई जिम्मा](https://www.himalayatv.com/wp-content/uploads/2021/10/Anil-kumar-sinha-sapana-pradhan-malla-and-manojkumar-sharma.jpg)
१४ कात्तिक २०७८ काठमाडौं । सर्वोच्च अदालतमा आन्दोलनरत् न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग वार्ताका लागि ३ न्यायाधीशलाई जिम्मा दिएका छन् ।
प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै इजलास बहिष्कार गरेका न्यायाधीशहरुले अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डाक्टर मनोजकुमार शर्मालाई वार्ताको जिम्मेवारी दिएका हुन् ।
प्रधानन्यायाधीश राणाको बहिर्गमन सहज हुनेगरी छलफल गर्ने जिम्मेवारी पाएका तीन न्यायाधीशले अनौपचारिक छलफल नै थालिसकेका छन् ।
राणा न्यायालयको नेतृत्वमा असक्षम रहेको भन्दै उहाँको राजीनामालाई न्यायाधीशहरुले मुख्य एजेण्डा बनाउँदै आएका छन् । न्यायाधीशहरुको बहिष्कारका कारण एक सातादेखि सुनुवाइ हुन सकेको छैन ।
प्रतिक्रिया