Main News

राष्ट्रपति भण्डारी विभिन्न कार्यक्रममा सहभागी हुन लुम्बिनीमा

हिमालय टिभी
२०७८ कार्तिक १४ गते १३:११
राष्ट्रपति भण्डारी विभिन्न कार्यक्रममा सहभागी हुन लुम्बिनीमा

१४ कात्तिक २०७८ रुपन्देही । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न कार्यक्रममा सहभागी हुन लुम्बिनी पुग्नु भएको छ ।

लुम्बिनी विकास कोष र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी लुम्बिनी पुग्नु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले बज्रयान बिहार उद्घाटन र पूजा गर्नु भएको छ।

त्यसपछि मायादेवी मन्दिर दर्शन र लुम्बिनी विकास कोषको गुरुयोजनाको प्रगतिबारे जानकारी लिने कार्यक्रम छ । त्यस्तै लुम्बिनीमै बनेको अन्तराष्ट्रिय सभा हलको अवलोकन पश्चात गौतमबुद्ध विमानस्थलमा जाने कार्यक्रम छ ।

करिब साढे दुई अर्ब रुपैयाँ मूल्यको ह्वाइट जेड धातुबाट निर्मित बुद्ध मूर्ति गौतमबुद्ध विमानस्थलमा अनावरण हुँदैछ । राष्ट्रपति भण्डारीले उक्त मूर्ति अनावरण गर्ने कार्यक्रम छ ।

म्यान्मारस्थित खानीसम्बन्धी काम गर्ने कम्पनी मालविन ग्रुपद्वारा निर्मित एक हजार आठ सय किलो तौल भएको उक्त मूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउण्डेशनको पहलमा विमानस्थलमा ल्याइएको थियो ।

बुद्धमूर्ति अनावरण कार्यक्रममा स्पेनको एक्स्ट्रेमादुरा प्रदेशसभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडो र सोही प्रदेशका दुई जना मन्त्रीसमेत आउने कार्यक्रम रहेको लुम्बिनी गार्डेन फाउण्डेशनले जनाएको छ । उक्त मूर्ति फाउण्डेसनले नेपाललाई उपहार स्वरुप दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *