विदेश

जी–२० का नेताहरु व्यवसायिक कर सम्झौतामा सहमत

हिमालय टिभी
२०७८ कार्तिक १४ गते ७:५४
जी–२० का नेताहरु व्यवसायिक कर सम्झौतामा सहमत

१४ कात्तिक २०७८ रोम । विश्वका २० प्रमुख अर्थतन्त्र भएका देशका नेताले ऐतिहासिक व्यवसायिक कर सम्झौतामा सहमति गरेका छन् ।

जी–ट्वेन्टी सदस्य राष्ट्रका नेताले ठूला व्यवसायको नाफामा कम्तिमा १५ प्रतिशत कर लगाउने विश्वव्यापी सम्झौतालाई अनुमोदन गरेका छन् ।

अमेरिकाले प्रस्ताव गरेको कर सम्झौता आज आधिकारिक रूपमा स्वीकृत भइ सन् २०२३ सम्ममा लागू हुने अन्तर्राष्ट्रिय समाचार संस्थाले उल्लेख गरेका छन् ।

रोममा जीट्वेन्टी शिखर सम्मेलनमा सहभागी सबै नेताले सम्झौतामा सहमती जनाएका हुन् ।

जलवायु परिवर्तन र कोरोना संक्रमण पनि पनि शिखर सम्मेलनको एजेण्डामा छन् । सम्मेलन कोभिड महामारीको शुरु भएयता पहिलो ठूलो भेला हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *