Main News

आज पहाडी भू–भागबाहेकका ठाउँको मौसम सफा रहने

हिमालय टिभी
२०७८ कार्तिक १३ गते ९:०७
आज पहाडी भू–भागबाहेकका ठाउँको मौसम सफा रहने

१३ कात्तिक २०७८ काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भ–ूभागबाहेकका ठाउँको मौसम सफा रहने बताएको छ ।

मौसम बदली गराउने वा पानी पार्ने प्रणाली नभएका कारण पहाडी बाहेकका भेगको मौसम सफा हुने महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार पहाडी भेगमा भने घाम लाग्दै बादल लाग्ने सम्भावना रहेको छ ।

यस्तै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो । आज दिउँसो देशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेकाले उक्त क्षेत्रका वासिन्दाले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सामान्य सावधानी अपनाउनु हुन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *