Main News
कोटेश्वरमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०७८ कार्तिक १३ गते ९:०२
१३ कात्तिक २०७८ काठमाडौं । काठमाडौंको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
आज बिहान ३ बजेतिर कोटेश्वरबाट बालकुमारीतर्फ गइरहेको मोटरसाइकल दुर्घटना हुँदा अन्दाजी ३० वर्षका पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनापछि घाइते भएका उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टर महाङ्कालमा मृत्यु भएको हो । बा ८९ प ३२९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नालामा खसेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया