Main News

कानून व्यवसायीबीच किन भयो कुटाकुट ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १२ गते २०:३८
कानून व्यवसायीबीच किन भयो कुटाकुट ? (भिडियो रिपोर्टसहित)

१२ कात्तिक २०७८ काठमाडौं । न्यायालयमा भएको विवादको असर कानून व्यवसायीमा नहुने कुरै भएन । त्यो विवादको असर कानून व्यवसायीमा यति धेरै परेको छ कि उनीहरु आफ्नो मर्यादा नै बिर्सिएर सहकर्मीमाथिको कुटपिटमा उत्रिएका छन् ।

यो चड्कन फेरि पनि हेर्नुस् । अनि यो लात्ती । यो अर्की लात्ती ।

यो कुटाकुट र झगडा कुनै स्कूले केटाकेटीबीचको हैन ।

यो त देशकै सबैभन्दा बौद्धिक वर्ग मानिने वकिलहरुबिचको कुटाइ हो । यसरी कुटाकुट गर्नेमा कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुँडाल हुनुहुन्छ । चुँडालले बार एशोसिएशनकै प्राङ्गणमा किन कुटाई खानु पर्‍यो त ?

प्रधानन्यायाधीशको राजीनामा माग्ने र इजलास बहिस्कार गर्ने बार एशोसिएशनको निर्णयप्रति असन्तुष्ट रहँदै आएका चुँडालले हिमालय टेलिभिजनसँग इजलास तत्काल खोल्नुपर्ने बताउनुभएको थियो ।

आज कुटाई खाए पछि चुँडाल थप आक्रोशित हुनुहुन्छ । चुँडालमाथि हातपात गरेकोमा न्यौपानेलाई कुनै पछुतो छैन ।

न्यायालयमा देखिएको विवाद र प्रधानन्यायाधीशको राजीनामा मागप्रति केही कानून व्यवसायी भने असन्तुष्ट छन् । आफूलाई स्वतन्त्र अधिवक्ता भन्न रुचाउनेहरु न्यायापालिका र त्यसको नेतृत्वमा देखिएको बेथितिको कारक राजनीतिक दल भएको ठान्छन् ।

त्यसैले पछिल्लो पटक प्रधानन्याधीश प्रकरणमा बारले लिएको अग्रसरतामा उनीहरु सन्तुष्ट छैनन् । तर यसरी फरक विचार राखेकै आधारमा कोही कसैमाथि हात पात गर्नु गलत हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *