Political Hightlights

विवेकशीलमा विवाद बढ्दो, मिश्रको दस्तावेज खारेज

हिमालय टिभी
२०७८ कार्तिक १२ गते १८:५४
विवेकशीलमा विवाद बढ्दो, मिश्रको दस्तावेज खारेज

१२ कात्तिक २०७८ काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे समूहले अध्यक्ष रवीन्द्र मिश्रको राजनीतिक दस्तावेज खारेज गरेको छ ।

पाण्डे समूहको आज बसेको बैठकले पार्टी अध्यक्ष मिश्रले प्रस्ताव गरेको दस्तावेज वैकल्पिक राजनीतिको आशय र मर्मविपरीत भएको निष्कर्ष निकालेको छ । मिश्रले राजतन्त्र, संघीयता र हिन्दू राज्यमा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको थियो ।

पाण्डे समूहको बैठकले अध्यक्ष मिश्रको दस्तावेज जनआन्दोलनको भावनाविपरीत भएको निष्कर्ष पनि निकालेको छ । बैठकले पार्टीको विधान र मूल्य मान्यता विपरीत जाने शीर्ष नेताहरुबारे छानबिन गरी कारवाही गर्न आशुतोष तिवारीको संयोजकत्वमा न्याय तथा सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ ।

पाण्डे समूहको बैठकले ‘वैकल्पिक राजनीतिको मूल बाटो’ सम्बन्धी दस्तावेज पारित गरेको छ ।

उता, अध्यक्ष मिश्रले बोलाएको बैठकले अध्यक्षको दस्तावेजलाई दुईतिहाइ मतले पारित गरेको सो समूहका प्रवक्ता शरदराज पाठकले जानकारी दिनुभएको छ । योसँगै विवेकशील साझा पार्टी फूटको संघारमा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्