Political Hightlights

महाधिवेशन गर्न असक्षम बन्दै कांग्रेस, सातौपटक मिति परिवर्तन

हिमालय टिभी
२०७८ कार्तिक ११ गते ७:५१
महाधिवेशन गर्न असक्षम बन्दै कांग्रेस, सातौपटक मिति परिवर्तन

११ कात्तिक २०७८ काठमाडौं । पटकपटक मिति सार्दै आएको सत्तारुढ नेपाली कांग्रेसले १४ महाधिवेशनको मिति सातौं पटक परिवर्तन गरेको छ ।

हिजो बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले आगामी मंसिर २७ देखि २९ गतेसम्म गर्ने गरी महाधिवेशनको मिति तय गरेको हो । कांग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरेलका अनुसार वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन र ३० गते पालिका अधिवेशन हुनेछ ।

यसअघि नै कांग्रेसले ६४ जिल्लामा महाधिवेशनको प्रक्रिया अगाडि बढाइसकेको छ । सप्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँकेमा अझै वडा अधिवेशन हुन सकेको छैन ।

यसमध्ये रसुवा बारा र रौतहटको क्रियाशील सदस्यताको सूचीसमेत सार्वजनिक भएको छैन । पोखरेलका अनुसार मंसिर ३ गते अधिवेशन हुन बाँकी सबै जिल्लामा प्रदेश अधिवेशन हुनेछ ।

मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशनको मिति तोकिएको पोखरेलले जानकारी दिनुभयो । मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुने छ ।

पार्टीका शीर्ष नेतासँगको छलफलपछि निर्वाचन समितिले नयाँ कार्यतालिका ल्याएको हो । प्रधानमन्त्री देउवाले मंसिरभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन निर्देशन दिनुभएको थियो ।

यसअघि मंसिर ९ देखि १३ सम्म गर्ने गरि महाधिवेशनको मिति तय गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्