हिमाली र पहाडी भू–भागको मौसममा आज पनि आंशिक बदली हुने

१० कात्तिक २०७८ काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नभए पनि हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको महाशाखाले जनाएको छ । आज दिँउसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा सामान्यतया सफादेखि आंशिक बदलीसम्म रहनेछ ।
देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
राति पनि देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा सामान्यतया सफादेखि आंशिक बदलीसम्म रहनेछ ।
पहाडी भूभागका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया