Main News

राजीनामा दिन प्रधानन्यायाधीशलाई कानून व्यवसायी र अधिकारकर्मीको सुझाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ९ गते १८:४९
राजीनामा दिन प्रधानन्यायाधीशलाई कानून व्यवसायी र अधिकारकर्मीको सुझाव (भिडियो रिपोर्टसहित)

९ कात्तिक २०७८ काठमाडौं । कानून व्यवसायी र अधिकारकर्मीले न्यायालयलाई बढी क्षति हुन नदिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने सुझाव दिएका छन् ।

नेपाल पत्रकार महासंघले गरेको छलफल कार्यक्रममा संविधानविद् भीमार्जुन आचार्यले प्रधानन्यायाधीश राणालाई सुध्रिनका लागि पटकपटक मौका दिँदा पनि नसुध्रिएकाले मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयो । उहाँले न्यायालयमा अहिलेको जस्तो विकृति, भ्रष्टाचार र अनियमितता यसअघि कहिल्यै नभएको टिप्पणी गर्नुभयो ।

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई ठिक ढंगले सञ्चालन गर्न नसकेको बताउनुभयो । उहाँले प्रधानन्यायाधीश राजनीतिक दल र दलको नेताको भूमिकामा गई कार्यकारी पदमा भाग खोज्ने र नियुक्त गर्न थालेकाले दलको नेतालाई प्रधानन्यायाधीश बन्न दिने कि नदिने भनि प्रश्न गर्नुभयो ।

मानव अधिकारकर्मी मोहना अन्सारीले न्यायपालिकाको गरिमाको रक्षा गर्न नसक्ने नेतृत्वले बाटो खोलिदिनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्टले मन्त्री बार्गेनिङ गरेर फैसला गर्न प्रधानन्यायाधीशलाई ठाउँ दिने राजनीतिक दल र नेताहरुमाथि पनि प्रश्न उठाउनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *