राजनीति

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिने सबै न्यायाधीशले राजीनामा दिनुपर्ने ओलीको माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ९ गते १५:१२
देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिने सबै न्यायाधीशले राजीनामा दिनुपर्ने ओलीको माग (भिडियो रिपोर्टसहित)

९ कात्तिक २०७८ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशहरुले राजीनामा दिनुपर्ने बताउनु भएको छ ।

प्रधानन्यायाधीश चोलन्द्र शम्शेर जबराले तत्काल राजीनामा दिनुपर्ने विषयमा बहस केन्द्रित भइरहँदा पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने सर्वोच्च अदालतका न्यायाधीशहरु सबैले सामूहिक रुपमा राजीनामा दिन उपयुक्त हुने धारणा राख्नु भएको हो ।

आज पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट देशभरका पार्टीको पालिका अधिवेशनको भर्चुअल्ली उद्घाटन गर्दै उहाँले प्रधानन्यायाधीश जबराप्रति लक्षित गर्दै पाँचै जनाले परमादेश जारी गर्ने तर एक जनाले मात्रै किन राजीनामा दिनुपर्ने ? भनि प्रश्न समेत गर्नु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘आज सर्वोच्च अदालतमा आफै देखिएको छ तमासा । श्रीमान न्यायाधीशहरु, उहाँहरु आफै कसैले के गरेको थियो । उधिन्न थाल्नु भएको छ । र उधिन्दै जाँदा निक्लिदै जान थालेका छन कुराहरु । परमादेश त एक जनाले होइन, पाँचै जनाले गर्नु भएको थियो होला । पाँचै जनाले परमादेश गर्नु भएको थियो भने एक जनासँग किन राजीनामा गर्नु हुन्छ ? श्रीमानज्यूहरु । पाँचै जनाले परमादेश गरेर देशलाई यो हालतमा पु¥याउनु भएको छ त । पाँचै जनाले राजीनामा गरे उपयुक्त होइन र ? सर्वसम्मतिको तपाईँहरुको निर्णयको यस्तो सुगन्ध, दूर्गन्ध के फैलिएको छ ? म भन्न चाहन्न । यस हिसावको सर्वोच्च अदालतको मानमर्दन यहाँहरुले गरिरहनु भएको छ । ’

अध्यक्ष ओलीले अदालतलाई मर्यादित, निर्विवाद र जनताको विश्वासको केन्द्र बनाउन पनि पटकपटक आग्रह गर्नु भयो । उहाँले सरकार सम्पूर्ण रुपमा असफल भएको दावी समेत गर्नु भयो । अध्यक्ष ओलीले नेतृत्व ठिक नभएकाले संसद असफल हुँदै दावी गर्दै सभामुख अग्नीप्रसाद सापकोटाप्रति पनि आक्रोश व्यक्त गर्नु भयो । उहाँले संसदको नेतृत्व नै ठिक नभएको दावी समेत गर्नु भयो ।

अध्यक्ष ओलीले भन्नु भयो, ‘सरकार त सम्पूर्ण रुपमा असफल भएको छ । अब राज्यका तीनै अंग व्यवस्थापिका संसद, अशक्त भईराखेको छ । असफल भएको छ र त्यसको नेतृत्व यस्तो विवादास्पद छ । विवादमा परेकाले राजीनामा दिनुपर्छ भनेर भन्दै हिँडेका छन, तीनै मान्छेहरु विवादमा परेको आफ्नै मान्छे उहाँहरुको किन आफ्नै मान्छे भन्नु प¥यो भने उहाँ निष्पक्ष त हुन सक्नु भएन । अरुको निस्काशनको पत्र तुरुन्त ढोकाबाटै मागेर टाँस्ने, नेकपा एमालेका निश्काशनको पत्र विचाराधिन राखेर निर्वाचन आयोगलाई नेकपा एमालेको विरुद्धको गतिविधि गर्नका लागि सजिलो बनई दिने त्यो काममा त सभामुख संलग्न हुनु भयो । व्यवस्थापिका प्रभावकारी ढंगले अगाडि बढन सकेन । निष्प्रभावी भयो । पक्षपातपूर्ण भयो । त्यसको नेतृत्व नै ठिक भएन । यस्तो विडम्बनाको स्थिति छ । नेतृत्व ठिक भएन भने त्यसलाई फेर्ने त्यहाँको गणित यस्तो विवेक शुन्य तरिकाले चलिराखेको छ, त्यो गणितको दूरुपयोग भईराखेको छ ।’

अध्यक्ष ओलीले निर्वाचनको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । लोकतन्त्र र संविधानको रक्षा गर्दै मुलुकलाई समृद्ध बनाउन एमालेले तीन वटै तहको निर्वाचनमा विजयी हुनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले सोही अनुसारको तयारीमा जुट्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नु भयो ।

अध्यक्ष ओलीले भन्नु भयो, ‘अव हामी चुनावतर्फ जाँदैछौं । तीनै तहको निर्वाचनतर्फ । मिति कुन–कुन हुने हो आफ्नो ठाउँमा छ, छोडिदिऊ । जहिले होला चुनाव, हामी चनाव तर्फ जादैछौं । र चुनावमा हामीले देश विग्रन नदिने गरी, संविधानको रक्षा हुनेगरी, लोकतन्त्रको रक्षा हुनेगरी, विकास निर्माणको गति, जो अवरुद्ध गरिएको छ । त्यसलाई फेरी अगाडि बढाउने गरी अस्तव्यस्त बनाइएको राजनीति, लोकतान्त्रिक प्रक्रिया त्यसलाई ठिक ठाउँमा ल्याउने गरी हामीले आगामी निर्वाचनहरुमा परिणाम प्राप्त गर्नु पर्दछ । त्यसमा निम्ति तयारीमा जुटन म आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष ओलीले विरोधीहरुलाई खुसी पार्ने खालका कुनै पनि गतिविधि नगर्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । उहाँले एकतावद्ध एमाले मुलुकको आवश्यक्ता भएको र सोही आवश्यकता पूरा हुने गरी पार्टीका हरेक नेता, कार्यकर्ताहरुले काम गर्नुपर्ने पनि स्पष्ट पार्नु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्