Main News

सडकबाट राजीनामा माग्दैमा नदिने प्रधानन्यायाधीश जबराको प्रष्टीकरण

हिमालय टिभी
२०७८ कार्तिक ९ गते १५:०६
सडकबाट राजीनामा माग्दैमा नदिने प्रधानन्यायाधीश जबराको प्रष्टीकरण

९ कात्तिक २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सडकमा माग्दैमा राजीनामा नदिने बताउनु भएको छ ।

फुल कोर्ट बैठक बहिस्कार गर्नुका साथै इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरालाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।

तर जबराले भने सडकमा कसैले मागेको भरमा राजीनामा नदिने जवाफ दिनु भएको हो ।

उहाँले आफू संवैधानिक प्रक्रियाबाट आएको र जाने प्रक्रिया पनि संवैधानिक नै भएको समेत बताउनु भएको छ । उहाँले सक्ने भए महाअधियोग लगाउन चुनौतिसमेत दिनुभएको स्रोतको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *