Main News

अपहरण मुद्दामा गोरेलाई थप १० वर्ष कैद, जरिवाना र क्षतिपुर्तिको फैसला

हिमालय टिभी
२०७८ कार्तिक ८ गते १८:३३
अपहरण मुद्दामा गोरेलाई थप १० वर्ष कैद, जरिवाना र क्षतिपुर्तिको फैसला

८ कात्तिक २०७८ विराटनगर । जिल्ला अदालत सुनसरीले करिव ३८ क्विन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुणमणि उप्रेती गोरेलाई थप दश वर्ष कैद, जरिवाना र क्षतिपुर्तिको फैसला सनाएको छ।

जिल्ला अदालतल मोरङले मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरेलाई अपहरण तथा शरीर बन्धक मुद्दामा १० वर्ष कैद र एक लाख जरिवानाको सजाय सुनाएको हो ।

आज न्यायाधीश भरत लम्सालको इजलाशले गोरेलाई अपहरण तथा शरीर बन्धक मुद्दामा १० वर्ष कैद, एक लाख जरिवाना र मृतक सनम शाक्यको परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने गरी सजाय निर्धारण गरेको अदालतका श्रेस्तेदार टिकेन्द्रबीरजंग राणाले जानकारी दिनुभयो ।

श्रेस्तेदार राणाले गोरेलाई मुद्दा दर्ता भएदेखि सजाय निर्धारण भएको मितिसम्म दैनिक एक सयका दरले १३ लाख ११ हजार रुपैयाँ क्षतिपूर्ति भराउने गरी फैसला भएको जानकारी दिनुभयो ।

सुन तस्करी प्रकरणमा सफाई पाएका गोरेलाई शाक्यको हत्या अभियोगमा दोषी ठहर गर्दै अदालतले जन्मकैद फैसला सुनाएको थियो ।

असोज १९ गतेको फैसलामा अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर गरे पनि सजाय निर्धारण गरेको थिएन् ।

यसअघि अदालतले अपहरण मुद्दामा गोरेलाई १० वर्ष कैदको सजाय सुनाएको थियो । गत असोज १९ गते करिब ३८ क्विन्टल सुन तस्करी प्रकरणका मुख्य आरोपी गोरेसहित ५६ जना आरोपीलाई जिल्ला अदालत मोरङले सफाई दिएको थियो ।

सनम शाक्य हत्या र सुन तस्करी प्रकरणमा ७७ जनालाई प्रतिवादी बनाइएको थियो । तीमध्ये २१ जना अझै फरार छन् । फरार रहेकाहरुको मुद्दा मुल्तबीमा राखिएको छ ।

गोरेसहित ८ जनालाई भने शाक्यको हत्या अभियोगमा दोषी ठहर गरेको थियो । २०७४ माघ ९ गते आयात भएको साढे ३३ किलो सुन हराएपछि खोजी गर्ने क्रममा गोरेसहितको समूहले फागुन १८ गते सनम शाक्यको हत्या गरेको दाबी सरकार पक्षको थियो । तर सुन तस्करीको ठोस प्रमाण नभेटिएको उल्लेख गर्दै अदालतले सफाइ दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *