Main News

पाँचथरमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो, १७ जनाको अवस्था गम्भीर

हिमालय टिभी
२०७८ कार्तिक ८ गते १६:२३
पाँचथरमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो, १७ जनाको अवस्था गम्भीर

८ कात्तिक २०७८ पाँचगर । पाँचथरको सरखण्डेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । घटनामा ६० जना घाइते भएका छन् ।

सिवाखोलाबाट फिदिमका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस सरखण्डेमा दुर्घटना भएको हो । दुर्घटनामा निश्चल देवान, प्रमिला देवान र प्रज्वल मगरको मृत्यु भएको हो । अर्का एक मृतकको सनाखत भएको छैन ।

घाइतेमध्ये १७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गम्भीर अवस्थाका ४ जनालाई उपचारका लागि झापा लगिएपनि एम्बुलेन्स लगायत साधन अभावमा अन्यलाई भने सुविधासम्पन्न अस्पतालमा लग्न सकिएको छैन ।

घाईतेहरूको पाँचथर जिल्ला अस्पताल,पाथिभरा अस्पताल र समर्पित अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वाकर्माले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये १० यात्रुको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि झापा पठाउने तयारी भइरहेको छ ।

दसैँमा घर तथा आफन्तकहाँ पुगी फर्कंदै गरेको जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका वासिन्दा दुर्घटनामा परेका हुन् ।

कुम्मायकको यासोक बजारलाई फिदिमसम्म जोड्ने निवुखोलास्थित पुलको भाग भत्केपछि यात्रु ट्याक्सीबाट खोलासम्म आई बस चढेका थिए । दुई किलोमिटर दूरी पार नहुँदै बस दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *