Main News
प्रधानन्यायाधीशले आफूमाथिको आरोपबारे समयमै स्पष्ट पार्नुपर्छ : नेता पौडेल (भिडियो रिपोर्टसहित)
२०७८ कार्तिक ८ गते १४:५७
८ कात्तिक २०७८ बाँके । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूमाथि लागेका आरोपबारे समयमै स्पष्ट गर्नुपर्नु बताउनुभएको छ ।
प्रेस युनियन बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले आफूमाथि लागेको आक्षेपलाई प्रधानन्यायाधीशले समयमै स्पष्ट पारेर अन्योलको अन्त्य गर्नु पर्ने बताउनु भयो ।
फरक प्रसङ्गमा नेता पौडेलले पार्टीको महाधिवेशन समयमै हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले आफू १३ औं महाधिवेशनको पनि उम्मेदवार भएकाले यसपटक आफ्नो टिमबाट सर्वसम्मत उम्मेदवार हुने दाबी गर्नुभयो ।
प्रतिक्रिया