Main News
आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने
२०७८ कार्तिक ८ गते ८:५९
८ कात्तिक २०७८ काठमाडौं । आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपात हुने अनुमान गरिएको छ ।
भोलि र पर्सि देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा सामान्यतया सफादेखि आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा हिमपातको समेत सम्भावना रहेकाले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया