Main News

प्रधानन्यायाधीश र न्यायाधीशबीचको विवाद, उत्कर्षमा, फुलकोर्ट बैठक बहिस्कार

हिमालय टिभी
२०७८ कार्तिक ८ गते ७:३९
प्रधानन्यायाधीश र न्यायाधीशबीचको विवाद, उत्कर्षमा, फुलकोर्ट बैठक बहिस्कार

८ कात्तिक २०७८ काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र १४ न्यायाधीशबीचको विवाद उत्कर्षमा पुगेको छ ।

आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाउनुभएको छ भने १४ जना न्यायाधीशले अलग्गै छलफल गर्दै छन् ।

१४ न्यायाधीशले प्रधानन्यायाधीशले आजका लागि बोलाएको पूर्ण बैठकमा सहभागी नहुने निर्णय गरेका हुन । न्यायाधीशहरुले इजलास भने बहिस्कार नगर्ने स्पष्ट गरेका छन ।

प्रधानन्यायाधीश जबराले हिजो नेपाल बार एशोसिशसनका पदाधिकारीहरुसँगको छलफलमा आज सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक डाक्ने र त्यसमा बारका पदाधिकारीहरु पनि बोलाउने प्रतिबद्धता जनाउनु भएको थियो ।

पूर्ण बैठकमा न्याय क्षेत्रमा देखिएको विसंगति, न्यायपालिकाको विकृति, विसंगति अनियमितता, भ्रष्टाचार एवं विचौलियाको चलखेलबारे न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन लगायत विषयमा छलफल गर्ने तयारी छ । तर १४ न्यायाधीश भने आज बिहानैदेखि छुट्टै छलफलमा बस्ने भएका हुन् ।

पाँच दलीय गठबन्धन सरकारसँग भाग खोजेकोसहितका अनेक आरोपका कारण प्रधान्यायाधीश जबरा विवादमा पर्नुभएको छ । जबराले आफूले गठबन्धन सरकारसँग मन्त्री भाग नमागेको र गजेन्द्र हमाललाई मन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई नभनेको पनि प्रष्टीकरण दिँदै आउनु भएको छ ।

तर प्रधानन्यायाधीशले न्यायिक अराजकता निम्त्याउनेगरी गठबन्धन सरकारसँग अनेक राजनीतिक भागबण्डा खोजेको गम्भिर आरोप लगोको छ ।

यसअघि पूर्वन्यायाधीशहरुको फोरमले पनि राणालाई राजीनामा दिन वा उहाँमाथि महाअभियोग लगाउन सुझाव दिइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *