Main News

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैः भिटामिन ए किन खुवाउने त? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ७ गते २०:३८
भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैः भिटामिन ए किन खुवाउने  त? (भिडियो रिपोर्टसहित)

७ कात्तिक २०७८ काठमाडौं । आइतबार र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एकदेखि पाँच वर्षसम्मका बालबालिकाहलाई जुकाको औषधि खुवाउने कार्यक्रम सरकारको छ । भिटामिन ए किन खुवाउने त ?

नेपालमा २०५० सालदेखि भिटामिन ए खुवाउन सुरु गरिएको हो । २०५० सालदेखि आजसम्म हरेक वर्ष ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन एको क्याप्सुल खुवाइँदै आएको छ । ६ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई एक लाख युनिट र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई दुई लाख युनिट भिटामिन खुवाइँदैछ ।

भिटामिन ए बालबालिकाको आँखामा समस्या हुन नदिन, संक्रमणबाट बच्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन अत्यन्तै आवश्यक भएको चिकित्सकहरु बताउँछन् । हरियो सागपात, फलफूल तथा माछामासुबाट भिटामिन ए प्राप्त गर्न सकिने भएपनि भिटामिन एको क्याप्सुल नै बालबालिकालाई किन खुवाइन्छ त ?

नेपालमा भिटामिन ए क्याप्सुल खुवाउने अभियान शुरु भएसँगै बालबालिकामा रतन्धो तथा विभिन्न खाले संक्रमणमा कमी आएको छ । त्यस्तै शिशु मृत्युदरमा पनि कमी आएको तथ्यांक छ । बालबालिकालाई दिइने अस्वस्थकर खानपानले बालबालिकामा पोषण तत्वको कमी भने अहिले पनि देखिन्छ ।

भिटामिन ए बालबालिकालाई वर्षको दुई पटक खुवाउने गरिन्छ । दुईदेखि तीन लाख आयु मात्रा रहेको भिटामिन एले शरीरमा कसरी काम गर्छ त ?

हाल नेपालमा भिटामिन ए खुवाउने कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भैरहेको छ । तर हामीले खाने खानपिनमा परिवर्तन गर्ने हो भने, भिटामिन एको पुरकका रुपमा भिटामिन ए क्याप्सुल खुवाइरहनु पर्ने अवस्था नहुने पोषणविद् लम्सालको तर्क छ ।

सरकारले वर्षेनी २७ लाख बालबालिकालाई लक्षित गरी ३० लाख भिटामिन एको क्याप्सुल नेपाल आयात गर्ने गरेको छ । छ छ महिनामा खुवाइने यो क्याप्सुलको औषत मूल्य ३ रुपैयाँ पर्छ । बालबालिका र गर्भवती महिलालाई लक्षित गर्दै करिब दुई करोड पचास लाख बराबरको भिटामिन एको क्याप्सुल वर्षेनी आयात गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *